November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नवनियुक्त खेलकुदमन्त्रीद्वारा पदभार ग्रहण

2.1K

काठमाडौं– प्रतिनिधिसभा विघटनपछि पुनर्गठन भएको मन्त्रीमण्डलमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका दावा लामाले आइतबार पदभार ग्रहण गरेका छन्।

सिंहदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा नवनियुक्त मन्त्री लामाले पदभार ग्रहण गरेका हुन्। नवनियुक्त मन्त्री लामालाई मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ।

शुक्रबार मन्त्रिमण्डल विस्तार भएसँगै सोही दिन सपथ लिएका लामाले आइतबार मात्र मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्। 

Advertisement

पदभार ग्रहण गरेपछि युवा तथा खेलकुद मन्त्री लामाले खेल क्षेत्रका विज्ञ व्यक्तित्व र खेल क्षेत्रमा जीवन बिताएका खेलाडी र विज्ञसँग परामर्श गरेर खेलकुद क्षेत्रमा परिणाममुखी योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे।