काठमाडौं । चर्चित गायिका सुनिता थेगिमको ‘रिटिटि’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको शब्द तथा संगीत एकदेव लिम्बुको रहेको छ ।
गीतको भिडियोलाई किरण दाहाल र विवेक मगरले निर्देशन गरेका छन् भने भिडियोमा आशिष राईको कोरियोग्राफी, सम्पादन विकेश मगर र स्मृति राईको श्रृङ्गार रहेको छ । भिडियोमा कुन्साङ बम्जन र सुनिता थेगिमलाई फिचरिङ गरिएको छ ।
भिडियो सुनिता थेगिमको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।