November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सोना थुलुङको ‘को होलिन् उनी’ सार्वजनिक (भिडियोसहित)

2K

काठमाडौं । सङ्गीतकार तथा गायक सोना थुलुङको ‘को होलिन् उनी’ बोलको आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

थुलुङ दुधकोसी गाउँपालिकाका थुलुङ बिगत एक दशकदेखि सिङ्गापुर प्रहरीमा कार्यारत छन् । उनै थुलुङले आफ्नै सङ्गीत तथा स्वरमा ‘को होलिन् उनी’ तयार पारेका हुन् । गीतको रचना रोहित लिम्बूले गरेका हुन् । हालसम्म थुलुङले दर्जन गीत गाइसकेका छन् भने आधा दर्जन गीतमा सङ्गीत भरेका छन् ।

भिडियो थुलुङकै युट्युब च्यानल ‘सोना थुलुङ’ मार्फत् सार्वजनिक भएको छ । देवेश राईले सङ्गीत एरेन्ज गरेका छन् भने रेकर्डिङ, मिक्सिङ सेवा रेकर्डिङ स्टुडियोमा गरिएको हो । भिडियोको छायाङ्कन विसन राई र सम्पादन सोना थुलुङले गरेका छन् । साबा पुनको भिडियो निदेशसनमा सोना थुलुङ र सुनी थुलुङले अभिनय गरेका छन् । भिडियो छायाङ्कन सिङ्गापुरमा गरिएको हो ।

Advertisement