बिराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले सञ्चालन गरेको ३ कार्य दिन अवधिको बिशिष्ठ ब्यक्ति (भीआइपी) को सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिम समापन भएको छ ।
मंगलबार भएको समापन कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले तालिममा सिकेका ज्ञान र शिपको ब्यवहारिकरुपमा अक्षरस पालना गरी बिशिष्ठ ब्यक्तिहरूको सुरक्षामा अहोरात्र खटिन सहभागि प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुका साथै प्रशिक्षार्थीहरूसंग अन्तरक्रिया समेत गरेका थिए ।
भाद्र २६ गते बाट सञ्चालन भएको तीन कार्य दिन अवधिको बिशिष्ठ ब्यक्तिको सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिममा सहभागि प्रशिक्षार्थीहरूलाई सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिनुका साथै छोटो हतियारबाट फाईरिङ समेत गराईएको थियो ।
