इटहरी । निर्देशक देउ कृष्ण देवान लिंखा याक्खाको निर्देशनमा बनेको “पूर्वेली बसैमा” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पूर्वका विभिन्न क्षेत्रमा छायाङ्कन गरिएको भिडियो नेपाल मिडियाबाट शनिवार सार्वजनिक गरिएको हो ।
संगम शेर्मा लिम्बू र मिलन नेवारको स्वर रहेको गीतमा खगेन्द्र पन्धाक लिम्बूको संगीत रहेको छ । पूर्वेली भाकामा निर्माण गरिएको गीतको शव्द राज रोबर्ट अजनवीको शब्द रहेको छ । सुरेश राइ याक्खाको कोरियोग्राफी रहेको भिडियोमा रजनी गुरुङ र योमन सोदेम्बा लिम्बू मुख्य भुमिकामा रहेका छन् भने देवेन्द्र लिम्बू, प्रदिप कार्की र अभिषेक लिम्बूको पनि अभिनय रहेको छ ।
निर्माता नितु लावती रहेको भिडियो सुमन तामाङले छायाङ्कन गरेको हो । भिडियो कोशी भिजन फिल्मस प्रा.लि. इटहरीको व्यानरमा निर्माण भएको हो ।