November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कतार भ्रमणका बेला एन्फा अध्यक्षले भेटे कतार फुटबल संघका अध्यक्षलाई

1.6K

दोहा । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्बाङले कतार फुटबल संघका अध्यक्ष हमाद बिन खलिफा बिन अहमद अल थानीसँग भेटवार्ता गरेका छन् ।

नेम्वाङले शनिबार दोहामा कतार एफएका अध्यक्ष हमादसँग भेटवार्ता गरेको हो ।

भेटमा दुई अध्यक्षबीच फुटबलका विषयमा विस्तृत छलफल भएको जनाइएको छ । एन्फा अध्यक्ष नेम्वाङलाई कतार एफएका अध्यक्षले मायाको चिनो प्रदान गरेका थिए । अध्यक्ष नेम्वाङ हाल कतार भ्रमणमा छन् ।

Advertisement