November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

दोलखामा जनजाति महासंघ समाजवादीसहित चार घटक संघ गठन

3K

चरिकोट । नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) दोलखाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले बुद्धसिंह तामाङको अध्यक्षतामा ५१ सदस्यीय नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) दोलखा जिल्ला कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा यज्ञबहादुर श्रेष्ठ, रामबहादुर तामाङ,सचिव केशर बहादुर थामी, उपसचिव कुमार श्रेष्ठ, वसन्त जिरेल र कोषाध्यक्षमा निरू तामाङलाई सर्वसम्मत चयन गरेको हो ।

साथै भेलाले ४ वटा घटक संघहरूकोसमेत गठन गरेको छ । जसअनुसार तामाङ संघ (समाजवादी) मा संयोजक बुद्ध सिंह तामाङ, सचिव राम बहादुर गोले रहेका छन् । यस्तै शेर्पा संघ (समाजवादी) को संयोजकमा आङ छिरिङ शेर्पा, सचिव मिङ्मा छिरिङ शेर्पा रहेका छन् भने थामी संघ (समाजवादी) मा संयोजक सुशीला थामी, सचिव रामशरण थामी र नेवार संघ (समाजवादी) को संयोजक धनबहादुर श्रेष्ठ, सचिव यज्ञबहादुर श्रेष्ठलाई चयन गरेको छ ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य पासाङ शेर्पा, गोपाल न्यौपाने, दिनेशराज शिवाकोटी, प्रदेश कमिटी सदस्यहरु रामकाजी कायस्थ, दिपक धनुके, मोहन थापा, जिल्ला कमिटी अध्यक्ष भिम दाहाल, सचीव अशोक दहाल, नेताहरु बिकल श्रेष्ठ, पेमसाङ्बो शेर्पा, तारा लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Advertisement