प्रकाश दिप्साली राई
नडाहा । बरहाक्षेत्र प्याव्सनद्वारा आयोजित चित्रकला तथा हस्तलेखन (अङ्ग्रेजी) प्रतियोगितामा स्काइ इङ्लिस स्कुल, नडाहा र मुनवीम एकेडेमीले बाजी मारेको छ । विहीबार सम्पन्न प्रतियोगितामा चित्रकलातर्फ १८ वटा स्कुललाई पछि पार्दै स्काइ इङ्लिस स्कुलका कक्षा–७ मा अध्ययनरत विवश राईले बाजी मारेका हुन् । त्यस्तै १९ वटा स्कुललाई उछिन्दै मुनवीम एकेडेमीका कक्षा –४ मा अध्ययनरत खुसी राई हस्तलेखनमा विजेता बनेकी हुन् ।
यसैगरी चित्रकलातर्फ सिद्धार्थ मेमोरियल इङ्लिस स्कुल बराहक्षेत्र –५, कक्षा–८ मा अध्ययनरत हेमन्त शर्मा, श्री सप्तकोसी विद्या मन्दिर, बराहक्षेत्र –७ का बिहाङ राई र सप्तकोसी एकेडमी बराहक्षेत्र–१० का कक्षा–८ का सबिन राई क्रमशः दोश्रो, तेश्रो र सान्त्वना बने । यता अङ्ग्रेजी हस्तलेखनतर्फ सिद्धार्थ मेमोरियल इङ्लिस स्कुल बराहक्षेत्र–५ कि कक्षा –५ मा अध्ययनरत कोसिका भुजेल, जीवनज्योती इङ्लिस, बराहक्षेत्र–८ कि कक्षा–४ मा अध्ययनरत लक्ष्मी साह र बराहराइजिङ स्टार इङ्लिस स्कुल, बराहक्षेत्र–२ कि कक्षा ५ मा अध्ययनरत सोनिया राई क्रमशः दोश्रो, तेश्रो र सान्त्वना पुरस्कार जित्न सफल बने ।
बराहक्षेत्र प्याव्सनका उपाध्यक्ष भेसराज कार्कीको सभाध्यक्षमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्याव्सन सुनसरीका उपाध्यक्ष प्रमुख अतिथि विजय कुमार राई रहेका थिए । कार्यक्रममा बोल्दै उनले भने, ‘हाम्रो बराहक्षेत्र प्याव्सन ग्रामीण भेगमा भए तापनी अतिरिक्त क्रियाकलापमा सधै जित जिल्लामा र प्रदेशसम्म जित हासिल गरेको छ ।’
प्रतियोगितामा सहभागी तथा विजेताहरुलाई प्रमाणपत्र, मेडल तथा ट्रफी प्रमुख अतिथि, सभाध्यक्ष एवम् विशिष्ठ व्यक्तित्वहरुले प्रदान गरेका थिए ।
कार्यक्रमको सन्चालन बराहक्षेत्र प्याव्सनका सचिव खेम राईले सन्चालन गरेका थिए भने कार्यक्रममा उपस्थित सबैलाई स्काइ इङ्लिस स्कुल, नडाहाका प्रिन्सिपल एवम् कार्यक्रम संयोजक शरण लिम्बुले स्वागत सम्मान गरेका थिए ।
कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका साभाध्यक्ष भेषराज कार्कीले विद्यार्थीको चौतर्फी विकासका निम्ति सधै बराहक्षेत्र प्याव्सन लागि परेको र आउने दिनमा पनि लागि परिरहने बताए ।
कार्यक्रमका तस्वीरहरु





