November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

रुसबाट युरोपमा ग्यास आपूर्ति हुने मुख्य पाइपलाइन बन्द

2.6K

काठमाडौं : रुसले युरोपमा ग्यास आपूर्ति गर्ने मुख्य पाइपलाइन आजदेखि बन्द गरेको छ। 

नर्ड स्ट्रीम–वान नामको पाइपालाइन परियोजना रुसले आजदेखि पूर्णरुपमा बन्द गरेको हो। रुसी अधिकारीहरुले पाइपलाइन ममर्तका लागि भन्दै ३ दिनका लागि बन्द गरिएको बताएका छन्। यो पाइपलाईन रुसको सेन्ट पिटर्सबर्गबाट पूर्वी जर्मनीसम्म १२ सय किलोमिटर लामो छ। 

बाल्टिक समुद्रको पिँधमा बिछ्याइएको पाइपलाइन मर्मतका लागि भनिए पनि रुसले आफूविरुद्धको प्रतिबन्धको बदलामा बन्द गराएको पश्चिमा देशहरुको आरोप छ। तर, रुसले पश्चिमाहरुको आरोप अस्वीकार गरेको छ। यो पाइपलाइनबाट अहिले पनि क्षमताको २० प्रतिशत ग्यासमात्रै आपूर्ति हुँदै आएको थियो। 

Advertisement

योसँगै रुसले युरोपमा ग्यास तथा तेल आयातका लागि नर्ड स्ट्रीम–टू पाइपलाइन परियोजना तयार गरेको छ। तर रुसले युक्रेनमाथि आक्रमण सुरु गरेदेखि यो परियोजनाको भविष्य अन्योलमा परेको छ। 

युक्रेनमाथि रुसी आक्रमणपछि रुससँग युरोप र पश्चिमा देशहरुको विवाद बढ्दै जाँदा ग्यासलगायत इन्धनको व्यापार संकटमा परेको छ। 

अहिले युरोपेली मुलुकमा ग्यासको मूल्य युक्रेन आक्रमणअघिको भन्दा ४ सय प्रतिशतले महंगिएको छ।