November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेकपा विवाद मिलाउन असफल भएकि चीनिया राजदूत यान्छी फेरि सक्रिय 

1.8K

काठमाडौँ – नेकपा विभाजन भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ । संसद बिघटन पछि भेटधघाटमा सक्रिय रहेकी राजदूत यान्छीले नेकपाको विभाजन र एकताको विषयका प्रश्नहरु बोकेर नेताहरुसँगको भेटघाट बाक्लो पारेकी हुन् ।

नेकपा विभाजन भएपछि विकसित राजनीतिक घटनाक्रम बुझ्न सक्रियता बढाएकी राजदूत यान्छीले नेताहरुसँगको भेटमा पुनः नेकपा एकताको सम्भावनाबारे चासो राख्ने गरेको नेताहरुले बताएका छन् । उनलेे विवाद मिलाउन अनेक प्रयास गरेपनि असफल भएकि छिन ।कुटनैतिक मर्यादा विपरीत राजनीतिमा मुछिएकि यान्छीले आफू असफल भएपछि अर्को चीनिया टाेलि समेत बाेलाएकि छन ।उक्त टाेली आज काठमाडौ पुग्दै छ ।

संसद बिघटन पछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी यान्छीले नेकपाका दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, सोही समूहका स्थायी कमिटी सदस्य कृष्णबहादुर महरा र वर्षमान पुनसँग भेट गरीसकेकी छिन् ।राजदूतको बढ्दो भेटघाट र सक्रियतालाई परराष्ट्रबिद् हिरण्यलाल श्रेष्ठ स्वभाबीक भएको मान्छन् ।

Advertisement

यान्छी राजदूत मात्रै नभएर चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य भएका नाताले उनले नेकपा बिभाजन नहोस् भन्ने चाहेर नै भेटेको हुनसक्ने बताए । नेकपा विभाजनपछि चिनियाँ राजदूतले दाहाल–नेपाल समूहका नेताहरुलाई मात्रै भेटेकी यान्छीले अहिलेसम्म ओली समूहका नेतासँग भने गरेकी छैनन् ।

नेकपा विवाद उत्कर्षमा हुँदा मंसिरमा ८ पनि राजदूत यान्छीले दाहाललाई भेटेकी थिइन् । त्यसअघि २ मंसिरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राजदूत यान्छी प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेकी थिइन् । ती भेटमा राजदूत यान्छीले नेकपाको तनावबारे चासो राखेकी थिइन् ।
हुनत गत वैशाख र असारमा पनि सत्तारूढ दल नेकपाभित्रको विवाद मिलाउन चिनियाँ राजदूत यान्छीले सहजीकरण गरेकी थिइन् ।

तर, पछिल्लो एक महिना यता चिनियाँ राजदूत शान्त थिइन् । नेपाल कम्युनिष्ट पार्टी चिनियाँ कम्युनिष्ट पार्टीकाबिचमा भागीनी सम्बन्ध भएकाले पनि पार्टी मिलाउनकै लागि दबाब दिन राजदूत यान्छीले भेटबार्ता तिब्र बनाएको हुन सक्ने आँकलन गरीएको छ ।