November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टीले विरोध प्रदर्शन गर्दै

3K

काठमाडौं–प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टीले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ। पार्टीले मध्यान्ह १२ बजे प्रदर्शन गर्न लागेको हो।

विरोध प्रदर्शनअन्तर्गत रत्नपार्क शान्ति वाटिकाबाट सुरु हुने जुलुस बागबजार, पुतलीसडक, भद्रकाली हुँदै पुनः शान्तिवाटिकामा पुगी सभामा परिणत हुनेछ । सभालाई नेताहरु डा बाबुराम भट्टराई, महन्थ ठाकुर र अशोक राईले सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ।

प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै नेकपाको प्रचण्ड–नेपाल पक्ष, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायतका दल, विद्यार्थी संगठन तथा युवा संगठनहरुले आन्दोलन सुरु गरेका छन्। 

Advertisement