November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एकीकृत समाजवादीको इटहरी नगरकमिटीको तीन दिने प्रशिक्षण सम्पन्न

1.8K

इटहरी । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको इटहरी नगरकमिटीले आफ्ना विभिन्न जनवर्गीय सङ्गठनका पदाधिकारी तथा सदस्यलाई तीन दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टीका इटहरी नगरकमिटी इन्चार्ज केवल प्रसाद फुँयालका अनुसार पार्टीका विभिन्न जनवर्गीय सङ्गठनका पदाधिकारीलाई पार्टी सिद्धान्त र आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा केन्द्रित रहेर प्रशिक्षण कार्यक्रम गरिएको हो ।

जनवर्गीय सङ्गठनका पदाधिकारी तथा अन्य सदस्यलाई माक्सवाद, दक्षिणपन्थी अवसरवादका साथै समाजवादका विभिन्न आयामहरूको बारेमा कार्यकर्तालाई प्रशिक्षण दिइएको थियो । कस्तो कार्यकर्ताको कस्तो जीवनशैली रहने भन्ने सम्बन्धमा समेत प्रशिक्षण दिइएको नगरकमिटी इन्चार्ज केवल फुँयालले बताए ।

प्रशिक्षण कार्यक्रमले कार्यकर्ता तथा पार्टीका सदस्यहरूमा वास्तविक कम्युनिज्मको बारेमा जानकारी भएको र एकदमै फलदायी रहेको फुँयालको भनाई थियो ।

Advertisement

आसन्न प्रदेशसभा र संघीय निर्वाचनलाई लक्षित गरेर पार्टीले अब एक महिना निरन्तर दैनिक ३ घण्टाको दरले प्रशिक्षण कार्यक्रम गर्ने समेत इटहरी नगरकमिटीले बताएको छ ।