November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारीमा प्रचण्ड-नेपाल समूह

2.7K

प्रचण्ड-नेपाल समूहले प्रदेश-१ मा पनि अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ।

मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारी भएको प्रचण्ड-नेपाल समूहका एक प्रदेश सांसदले सेतोपाटीलाई बताए।

‘हामीले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका छौं। त्यो बेलासम्म प्रदेश सभा रहन्छ की रहँदैन भन्ने मात्रै हो। किनकी बागमतीको घटनाले आत्तिएर प्रधानमन्त्रीले प्रदेश सरकार र प्रदेश सभा भंग गर्ने खतराछ,’ ती सांसदले भने,’हाम्रा साथीहरू अहिले बाहिर-बाहिर हुनुहुन्छ। साथीहरू भेला हुनसाथ अविश्वासको प्रस्ताव गइहाल्छ।’

Advertisement

प्रदेश सभाकै बहुमत आफूहरूसँग रहेको प्रचण्ड-नेपाल समूहका एक केन्द्रीय सदस्यले दाबी गरे। प्रदेश सभाका ९३ सांसदमध्ये नेकपाका ६८ सांसद छन्। जसमध्ये पूर्वएमालेका ५२ र पूर्वमाओवादीका १६ जना छन्।