November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, साढे ६ बजे सपथ

2.3K

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। 

विस्तारित मन्त्रिपरिषदमा श्रममन्त्रीको जिम्मेवारी प्रभु साहलाई दिइएको छ। यस्तै पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिने तयारी गरिएको छ। यस्तै टोप बहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने तय भएको मणि थापाले जानकारी दिए।

‘प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। साँझ साढे ६ बजे सपथका लागि तयारी गर्न खबर आएको छ,’ थापाले भने। 

Advertisement

मन्त्री हुने सबै पूर्वमाओवादी हुन्।