काठमाडौं– पार्टीभित्रको अन्तरसंघर्ष चुलिँदै गएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने तयारी गरे। त्यो सूचना पुष्पकमल दाहाल प्रचण्डले बिहानै साढे पाँच बजे प्राप्त गरे।
त्यसपछि उनले प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालसँग कुराकानी गरे। कुनै अप्रिय कदम नचाल्न भन्दै आफूसँग दुईटा विकल्प रहेको प्रधानमन्त्री ओलीलाई सुनाए। प्रधानमन्त्री ओलीले त्यस्तो कुनै कदम नचाल्ने बताए।
प्रचण्ड विकल्पसहित बालुवाटार पुगे। त्यहाँ पुग्दा प्रधानमन्त्री ओली मन्त्रिपरिषद्को बैठकमा गइसकेका थिए।
ओलीनिकट नेता सुवास नेम्वाङसँग उनले कुरा गरे। उनले आफ्ना विकल्प सुनाए– पहिलो, पार्टी एकताका बेला गरेको सहमति वरिपरि रहेर त्यसलाई कार्यान्वयन गर्ने। अर्को पार्टी महाधिवेशन तत्काल सम्भव नभएकाले विशेष सम्मेलन गर्ने।
प्रचण्डका अनुसार उनले विकल्प सुनाउन नपाउँदै प्रधानमन्त्री ओलीले मन्त्रीपरिषदबाट संसद् विघटनको सिफारिस गरे।nepallive