November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

‘दिनदिनैजसो आन्दोलनका कार्यक्रम हुने सम्भावना छ’: प्रचण्ड

4.6K

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिनदिनैजसो आन्दोलनका कार्यक्रम हुने सम्भावना रहेको बताएका छन्।

बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी प्रचण्ड-नेपाल पक्षीय नेकपाको बैठकमा उनले आजैबाट आन्दोलन सुरू भइसकेको र आगामी दिनमा पनि दिनहुँजसो आन्दोलनका कार्यक्रम हुने सम्भावना रहेको बताएका हुन्।

‘दिनदिनैजसो आन्दोलनका कार्यक्रम हुने सम्भावना छ। हामीले आजैबाट सुरु गरिसकेका छौँ’ उनले भने।

Advertisement

साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको प्रतिनिधि सभा विघटनका विरूद्ध संयुक्ता आन्दोलनको चरणमा आफूहरू पुगेको भन्दै नेपाली कांग्रेस‚ जनता समाजवादी पार्टलगायतसँग संयुक्त आन्दोलन गर्नेबारे छलफल भइरहेको समेत बताएका छन्।