November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

जथाभावी फोहोर फाल्नेको सीसीटीभीबाट खोजी गरी कारबाही गरिने छः मेयर साह

2.3K

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले जथाभावी फोहोर फाल्नेको सीसीटीभीबाट खोजी गरी कारबाही गरिने बताएका छन् । बुधबार नेपाल प्रहरीले आयोजना गरेको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बोल्दै साहले फोहोर फाल्नु अपराध भएको हुँदा त्यस्ता व्यक्तिलाई कारबाही गरिने बताएका हुन् ।

मेयर साहले काठमाडौं उपत्यकाको सबै फोहोर केही दिनभित्रै उठिसक्ने पनि बताए । महानगरले विभिन्न ठाउँमा सीसीटीभी थप्न लागेको पनि उनले जानकारी दिए ।

यस्तै, मेयर साहले उपत्यकामा अपराध रोकथाम र नियन्त्रणमा महानगर सहकार्य र समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता पनि गरेका छन् ।

Advertisement