काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ।
शुक्रबार बिहान ११ बजेर १५ मिनेटमा नेकपाका ४५ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गराएका छन्। बागमती प्रदेशमा नेकपाका ८० सांसद रहेका छन्। मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ।




