कनकाई । कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले कृषि र पशुपालन क्षेत्रमा क्रान्ति सुरु भएको बताएका छन् । शनिबार कनकाई नगरपालिका र हेपर प्रोजेक्ट नेपालको साझेदारी तथा अभियान नेपालको सहजिकरणमा नगरपालिकामा सञ्चालित कृषि तथा पशुपालन उद्यमशिलता विकास परियोजना अन्र्तगत आर्थिक बर्ष २०७८÷७९ मा भएका कार्यक्रमको सार्वजनिक सुनुवाईमा बोल्दै उनले त्यस्तो बताएका हुन् ।
‘हेपरको सहयोगमा खुदुनाबारीका स्थानीय महिलाहरु जसरी बाख्रा पालन गरेर आत्मनिर्भर भएका छन्, त्यसरी नै यहाँका महिलाहरुलाई स्वारोजगार बनाएर कनकाईलाई समृद्वितर्फ लाने अभियान जारी रहेको छ ।’, उनले भने ।
यस्तै, हेपर प्रोजेक्टका कार्यक्रम संयोजक दिपेश पोखरेलले मान्छेको चेतना परिवर्तन गरेर कृषि र पशु क्षेत्रमा लगाउन सकेमा मात्र कृषिमा आत्मनिर्भर हुने बताए । उनले भने, ‘कृषि र पशु क्षेत्रमा महिलाहरुको उल्लेखनीय सहभागीता छ, यो क्षेत्रमा काम गर्ने महिलाहरुमा चेतना बढी छ ।’
त्यसै गरी संविधान सभा सदस्य एवम् अभियान नेपालका संयोजक प्रेम गिरीले भने ‘विकासलाई मिटरमा नहेरी विकासको मुहार फेर्नुपर्ने बताए । त्यो काम यो संस्थाले गरिरहेको उनको दाबी छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी अधिकांश महिलाहरुले कृषि र पशुपालन क्षेत्रमा भएका उपलब्धी र समस्याका बारेमा धारणा राखेका थिए ।
कुषि तथा पशुपालन उद्मशीलता विकास परियोजनाको कार्य सम्पादन प्रतिवेदनमा उल्लेख भए अनुसार कनकाईमा हाल सम्म आधारशिलम तालिम, केभ तालिम, बख्रा वितरण, बोका वितरण, घाँसको बेर्ना वितरण, घाँसको बिउ वितरण, पशु स्वास्थ्य शिविर, साना सिचाई सहयोग, दुग्ध क्यान, पशु पशिचान गर्ने ट्याग, परियोजना अनुगमन तथा समनन्व समिति गठन, वडा स्तरिय परियोजना व्यवस्थापन समिति गठन, उपभोक्त समिति गठन, मुल समूह गठन, पशु स्वास्थ्य विमा कार्यक्रम, धानको विउ वितरण, (केभ) परिचालन, श्रोत व्यक्तिको शुल्क, तरकारी फलफूलको वेर्ना वितरण, कसषि औजार वितरण, पकेटक्षेत्र विकास कार्यक्रम, भेटनरी सामाग्री वितरण, एग्रोभेट स्थापना र सुचना सामग्री गरेर कनकाई नगरको तर्फबाट १६,३००,९९९ र हेफरको तर्फबाट ३५९९७०२ रुपैंया कुषि क्षेत्रमा लगानी भएको देखिन्छ ।
