काठमाडौं- नेकपाकाे पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहका प्रदेश सभा सदस्यहरुले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्।
प्रदेश संसद सचिवालयमा शुक्रबार सांसद शालिकराम जमकट्टेलको नेतृत्वमा पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन्। उनको ठाउँमा अष्टलक्षमी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ।
त्यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री जमकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल र उद्योग पर्यटन तथा वातावरणमन्त्री अरुण नेपालले राजीनामा दिएका थिए।