काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षका नेताहरु निर्वाचन आयोग पुगेका छन्।
नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायतका नेताहरु आयोग प्रवेश गरेका हुन्। अन्य नेता कार्यकर्तालाई भने जमल नाचघरमै रोक्न व्यापकमात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
त्यसअघि नेताहरुले माइतीघरमा ‘हामी यहाँ छौं’ भनेर सडकमा बसेर प्रदर्शन गरेका थिए।