काठमाडौं–प्रतिनिधिसभा विघटनसम्वन्धी मुद्दाको सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।
मुद्दाको सुनुवाइ गर्न संवैधानिक इजलास तोकिएको छ। जसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई तोकिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ थान रिट पेश भएका छन्।