November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

विद्युत प्राधिकरणले कमायो १६ अर्ब १६ करोड नाफा

2.7K

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १६ अर्ब १६ करोड नाफा कमाएको छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पाँच वर्षमा ३ गुणा विद्युत खपत गर्न सफल भएको सोही अनुसारको खुद नाफा कमाएको जानकारी दिए ।

बुधबार काठमाडौंमा भएको प्राधिकरणको ३७ औँ वार्षिकोत्सवका अवसरमा घिसिङले प्राधिकरणलाई अझ उत्कृष्ट बनाउने गरी काम गर्ने प्रतिवद्धता पनि जनाए । प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने उनले बताए ।

घिसिङले विद्युत प्राधिकरणका कर्मचारीको तलब खानसमेत ऋण लिनुपर्ने अवस्थाको अन्त्य भएको बताए । उनले प्राधिकरणका कर्मचारीले बोनस लिने निर्णय नहुँदै अख्तियारदेखि १० ठाउँबाट पत्र आउने स्मरण गरे ।

Advertisement

प्राधिकरणले धेरै पूर्वाधार विकास र सवस्टेसन र ट्रान्समिसन लाइनहरु बनाएकाले पनि खपत बढेको बताए । कार्यक्रममा प्राधिरकणले आफ्नो करिव २ दर्जन भावी कार्ययोजना समेत सार्वजनिक पनि गरेको छ ।