November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

डा. डीआर उपाध्यायको नयाँ गीत ‘हो बाबा हो’ सार्वजनिक

3.4K

काठमाडौं । डा. डीआर उपाध्यायको नयाँ गीत ‘हो बाबा हो’ सार्वजनिक भएको छ । विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायको यस गीतमा बाबुल गिरीको स्वर र सङ्गीत रहेको छ ।

बाबाको सन्तानप्रतिको कत्वर्यबोधलाई प्रस्तुत गरिएको र जस्तो सुकै परिस्थितिमा पनि बाबा आफ्नो कर्तव्यलाई निभाउन लागिरहेको हुन्छ भन्ने भाव प्रस्तुत गरिएको यस गीतको भिडियोमा शिलन लम्सालनको सम्पादन रहेको छ ।

‘हरेक सन्तानले आमालाई महत्व दिने गर्छन, दिनु पनि पर्छ तर हामीले बाबाको मत्वलाई पनि त्यतिकै सम्मान गर्नुपर्छ भन्ने हेतुले बाबा सम्बन्धि गीत सार्वजनिक गरेको हुँ’, कीर्तिमानी गीतकार डा. उपाध्यायले भने ।

Advertisement

गीत संगीत तथा विविध विधामा ११० विश्व कीर्तिमान राखेका डा. उपाध्यायका १४ उपन्यास पाठकमाझ आएका छन् भने सयौं फरक फरक शैलीका गीत श्रोता÷दर्शकमाझ आएका छन् । उनको पछिल्लो उपन्यास कृति ‘कशुर’ हालै लोकार्पण गरिएको थियो ।

गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशनमार्फत सार्वजनिक गरिएको हो ।