November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

फोनिज प्रदेश १ समितिले मनायो आफ्नो २३ औँ स्थापना दिवस

2.8K

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ समितिले आफ्नो २३ औँ स्थापना दिवस मनाएको छ । फोनिजले शनिवार धनकुटामा भव्य कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।

‘समानुपातिक सुशासन समृद्धिका लागि हाम्रो कलम’ भन्ने नाराका साथ सम्पन्न उक्त कार्यक्रममा बोल्दै वक्ताहरुले प्रदेशका नाम पहिचानको आधारमा हुनुपर्ने बताएका छन् ।

यस्तै कार्यक्रममा मनकामना मिडिया हाउस धनकुटाले धनकुटा नगरपालिकाको सहयोगमा प्रकाशन गरेको ‘समृद्धिका सारथी’ नामक पुस्तक विमोचन पनि गरेको थियो ।

Advertisement

कार्यक्रमको उद्धाटन तथा पुस्तक विमोचन गर्दै धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले फोनिजले स्थापना भएको उदेश्य पुरा गर्नुपर्ने बताए । उनले फोनिजले आदिवासी जनजातिका लुकेका संस्कार संस्कतिलाई उजागर गर्नुपर्ने बताए । तामाङले नगरपालिकाले समृद्धिका लागि गरेको कामहरु समेटेर पुस्तक प्रकाशन गरेको पनि जानकारी दिए ।

पुस्तकमाथि कृषि अभिान्ता जीवन कुमार राई, धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारी, सहप्राध्यापक यज्ञप्रसाद गुरागाँई र प्राध्यापक इच्छापूर्ण राईले समिक्षा गर्दै महत्वपूर्ण पुस्तक प्रकाशन भएको बताए ।

यस्तै फोनिज प्रदेश १ समितिले स्थानीय तहमा निर्वाचित ३ जना लोक सेवा उत्तर्ण १ जनालाई सम्मान गरेको छ । सम्मानितहरुमा ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्ष शान्ता आङवुहाङ, सोलुखुम्बुको नेता सल्यान गाउँपालिका उपाध्यक्ष बिना राई, इलामको सुर्योदय नगरपालिका कार्यपालिका सदस्य ख्याम भुजेल र प्रदेश १ स्वास्थ्य निर्देशनालयमा कार्यरत दिक्षिता लामा रहेका छन् । आङवुहाङ र भुजेल पूर्व संघीय समिति सदस्य र राई वर्तमान संघीय समिति सदस्य हुन् भने लामा फोनिजमा आवद्ध रहेको फोनिज प्रदेश अध्यक्ष सन्तविर लामाले जानकारी दिए ।

कार्यक्रमका तस्वीरहरु