काठमाडौं । नजिकिँदै गएको नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा ‘अमेरिका मेरो बुढा छ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा जया देवकोटा र रेजिना परियारको स्वर रहेको छ ।
यस्तै, गीतमा बिपिन केसीको शब्द, जया देवकोटाको संगीत, कृष्ण केसीको एरेञ्ज, मदन खड्का र शिवजी क्षेत्रीको कोरियोग्राफी, अनिल रानाको सम्पादन रहेको छ ।
मदन खड्काले निर्देशन गरेको यस भिडियोमा शंकर बिसि र उषा सुवेदीको अभिनय रहेको छ । भिडियो जया देवकोटाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।