November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

‘पानी है पर्‍यो’ म्युजिक भिडियो सार्वजनिक

8.9K

काठमाडौं । सुनिता सङ्यक र नोगेन लिम्बु हाङ्सरुम्बाको आवाज रहेको गीत ‘पानी है प¥यो’ सार्वजनिक भएको छ । तारा प्रकाश लिम्बुको संगीत रहेको उक्त गीतको संयोजन साहस शाक्य र मिक्सिङ चन्द्र चौधरीले गरेका हुन् ।

गीतको भिडियोलाई मचिन्द्र बहादुर राईले निर्माण गरेका हुन् । यस्तै, भिडियोको छायांकन तथा सम्पादन किरण राईले गरेका हुन् । भिडियोमा गायक गायिकालाई नै फिचरिङ गरिएको छ ।

एकष्टिक स्टुडियोमा रेकर्ड गरिएको यस गीतको भिडियो सुनिता सङ्यकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

Advertisement