काठमाडौं – गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलले नेकपाकाे बिहीबार ओली पक्षको केन्द्रीय समिति बैठककलाई सम्बोधन गर्दै ‘ नेकपाबाट एउटा गुट अलग भएको’ बताएका हुन् ।
केपी ओली पक्षको नेकपामा लागेका रामबहादुर थापा बादलले प्रचण्ड–माधव पक्षलाई एउटा गुटको संज्ञा दिएका छन् । उनले यसमा प्रतिक्रियावादीहरूले खुशी र उत्सव मनाइरहेको पनि बताएका छन् । बादलले देशकाे यस्तो अवस्था देखेर ‘जनता दुःखित भएकाे बताए ।