November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सहरी विकास मन्त्री मेटमणि चौधरी र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेट

3.7K

काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरी र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेट भएको छ । धरान पुगेका मन्त्री चौधरीलाई मेयर साम्पाङले आफ्नै कार्यलयमा कार्यक्रमको आयोजना गरि स्वागत गरेका हुन् ।

भेटघाट कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘उहाँले जसरी यो नगरमा विजय प्राप्त गर्नुभएको छ, त्यसमा उहाँको सबैभन्दा बढी इन्नोसेन्ट र कमिटमेन्ट पाउँछुु । मान्छेहरु राम्रो गर्छु भन्दा उडाउँछन्। हाँसोको विषय बनाउँछन्। तर, मलाई लाग्छ, गर्छु भनेपछि सकिन्छ पनि ।’

यस्तै, हर्क साम्पाङबाट नेपाली समाजले मात्रै नभएर अन्यले पनि सिक्नुपर्ने मन्त्री चौधरीले बताए। ‘मेयर साबले सुरु गर्नुभएका सबै योजनामा पूरै सहयोग गर्नेछु। खानेपानीको विषयमा कुरा गर्न मन्त्रालयमा आउन निम्तो गर्छु’, उनले प्रतिबद्धता जनाए। धरानको खानेपानी र बसपार्कको समस्या हल गर्न पहल गर्ने प्रतिवद्धता पनि चौधरीले व्यक्त गरे।

Advertisement