November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सातै प्रदेशमा ओली समूहले तोक्यो संगठन परिचालक

2K

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली पक्षले संगठन परिचालन तथा जनपरिचानका लागि नेताहरुको जिम्मेवारी तोकेको छ।

प्रशिक्षण र निर्वाचन माहोल बनाउनका लागि जिम्मेवारी तोकेको नेताहरुको जिम्मेवारी दिइएको बताइएको छ। ओली पक्षको केन्द्रीय कमिटीको बैठकले  सुदूरपश्चिम प्रदेशमा संयोजक लेखराज भट्टलाई तोकिएको छ।

कर्णालीमा मणि थापा, लुम्बिनीमा शंकर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, बागमतीमा ईश्वर पोखरेललाई तोकिएको छ। साथै, प्रदेश-२ मा सत्यनारायण मण्डल र प्रदेश १ मा  सुवास नेम्वाङलाई जिम्मेवारी दिइएको छ।

Advertisement

जनसंगठनको संयोजनको जिम्मेवारी टोपबहादुर रायमाझीलाई दिइएको छ। उनीहरूले पार्टीको काम गर्ने बताइएको छ।