November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अपर सोलु हाइड्रोपावरको ड्याममा महिलाका शव फेला

2.4K

सोलुखुम्बु : अपर सोलु हाइड्रोपावरको ड्यामसाइटमा एक महिलाका शव फेला परेको छ। 

सोलु दुधकुण्ड नगरपालिका ७ को साल्मे स्थित ड्यामसाइटमा सडेको अवस्थामा महिलाको शव  भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिए।

हाइड्रोपावरका कर्मचारीहरुले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थल तर्फ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी निरीक्षक राम किशोर शाहसहितको टोली पुगेको छ। 

Advertisement

करिब एक महिना अघि सोलु दुधकुण्ड नगरपालिका–४ बाट बेपत्ता भएका रंगे विश्वकर्माका श्रीमति शषिकला राईको हुन सक्ने डिएसपी शाहले बताए। तर यकिन भने हुन बाँकी रहेको छ।