काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पाँच अर्ब चार करोड तीन लाख ९२ हजार ८७६ रुपैयाँ खर्च भएको बताएको छ ।
आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्राविधिक तथा व्यवस्थापकीय क्षेत्रमा सो रकम खर्च भएको जानकारी गराएको हो । त्यस्तै, निर्वाचनमा प्रति मतदान केन्द्र खर्च दुई करोड २९ लाख ५९८ रहेको छ ।
प्रति मतदाता खर्च भने २८४ रहेको छ । यो खर्च २०७४ सालको स्थानीय तह निर्वाचन, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको भन्दा कम हो । ०७४ को स्थानीय तह निर्वाचनमा सात अर्ब १५ करोड ७७ लाख १९ हजार ९६२ रुपैयाँ खर्च गरेको थियो ।