धरान । प्रदेश १ को नाम लिम्बुवान–किरात नामाङ्कन गर्न माग गर्दै बिराटनगरमा धर्ना सुरु भएको छ । पहिचानको आधारमा प्रदेशको नामाङ्कन हुनुपर्ने मागसहित मंगलबार प्रदेश १ को संसद भवन अगाडि धर्ना सुरु भएको हो ।
किरात याक्थुङ चुम्लुङको समन्वयमा बनेको विभिन्न ३५ पहिचान पक्षधर राजनीतिक दल, समाजिक संघसंस्था संगठनहरुले साझा नाम लिम्बुवान–किरात हुनुपर्ने अडान राख्दै प्रदेश सभा भवनमा धर्नाको कार्यक्रम सुरु गरेको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय, माओवादी सम्वद्ध लिम्बुवान मोर्चा, जसपा सम्बद्ध लिम्बुवान समिति लगायत शिर्ष नेताहरु धर्नामा कार्यक्रममा बसेका छन् ।
