November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपाल सम्पत्ति शुद्धीकरणकाे कालाेसूचीमा पर्नसक्ने जाेखिम बढ्याे : गगन थापा

2.5K

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्नसक्ने जोखिम बढेको बताउनुभएको छ । 

आज मङ्गलवार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै थापाले नेपाल यसअघि कालोसूचीमा पर्नबाट जोगिएको तर यो पटक कालोसूचीमा पर्नसक्ने अवस्था रहेको बताउनुभएको हो । उहाँले नेपाललाई सम्पत्ति शुद्धीकरणको  कालोसूचीमा पर्न नदिन सरकारले के–के काम गरिरहेको छ भन्नेबारेमा संसदलाई जानकारी गराउनुपर्ने माग गर्नुभयो । 

थापाले सम्पत्ति शुद्धीकरणसम्बन्धी ४० वटा सूचीमा नेपालको अवस्थाबारे सरकारले तत्काल संसदमा जानकारी गराउनु पनि माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘फाइनान्सियल एक्सन टाक्स फोर्स अन्तर्गतको एसिया प्यासिफिक ग्रुप अफ मनी लन्डरिङको सदस्य हो । यसले आउँदाे अक्टोबर र नोभेम्बरमा मूल्याङ्कन गर्दैछ । नेपालमा मनि लन्डरिङ सम्बन्धि कानुन प्राप्त नबनिसकेको, बनेको कानून पनि प्राप्त कार्यान्वयन नभएको, व्यापक कर छली, बढ्दो भष्टाचार र अपराधीकरणको कारणले गर्दा हाम्रो देशको यस्तो मूल्याङ्कन अति जोखिममा रहेको छ । नेपाल विगतमा कालोसूचीमा पर्दापर्दै बचेको भए पनि यो पटक बच्न नसक्ने सम्भवना छैन । नेपाल कालोसूचीमा पर्ने सम्भावना बढ्दै गएको हो भने कालोसूचीमा पर्न नदिन सरकारले के–के गरिरहेको छ । अविलम्ब संसदलाई सरकारले जानकारी दिन आग्रह गर्दछु ।’

Advertisement

थापाले नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा परेमा रेमिट्यान्स र आयातमा निर्भर नेपालको अन्तर्राष्ट्रिय बैंकिङ कारोबार बन्द हुने र एलसी खोल्न नपाइने दाबी गर्नुभयो ।