November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

लिम्बु कथानक चलचित्र ‘थिम’ को पहिलो तस्वीर सार्वजनिक

11.8K

दुधे । लिम्बू कथानक चलचित्र ‘थिम’ को पहिलो तस्वीर सार्वजनिक भएको छ । पान्थर र ताप्लेजुङको विभिन्न ठाउँमा छायांकन गरिएको उक्त चलचित्रको सम्पादन सम्पन्न भएको निर्माण पक्षले बताएको छ ।

याक्थुङ् फिल्मस प्रा.लि.को व्यनरमा निर्माण भएको सो चलचित्रका निर्माताहरु यलम्बर खम्बु (आईदेब राई), सागर केरुङ, कृष्णराज नेम्बाङ, भोजराज साँबा रहेका छन् । यस्तै, सहायक निर्माता सुकुमर मेचे, डिबी खुदाङ, मान बहादुर साँबा, नन्दुभाई मेन्याङ्बो रहेका छन् ।

सागर केरुङको लेखन रहेको उक्त चलचित्रको निर्देशक यलम्बर खम्बु, मुख्य साहायक निर्देशक दिनेश माङ्मु, सहायक निर्देशक डिआर हाङ्सरुम्बा, रेगन प्रसाईं, अम्बरबहादुर तुम्बापो रहेका छन् भने छायांकन बिक्रम डिसी, ड्रोन अपरेटर बिक्रम याम्फु, नृत्य निर्देशक दिनेश माङ्मु, सहायक निर्देशक निङ्वा नेम्बाङ, नृत्य बरदान संगीतालय, गीत सागर केरुङ, संगीत बुद्धराज लिम्बू, स्वर मनि ताम्लिङ, इन्दु फोम्बो, सुनिता थेगिम, सुजन आङ्देम्बे, श्रृङ्गार सन्तोस रिजाल, प्रकाश मिलन खड्का, व्यावस्थापक सुबास केरुङ नुनाम, पृष्ट्भुमी ध्वनी/ध्वनी समिश्रण मनि ताम्लिङ र सम्पादन/रङ संयोजन र पोस्टर डिजाइन अनिल कुमार महर्जन रहेको रहेको छ ।

Advertisement

सार्वजनिक गरिएको चलचित्रको पोस्टर ।

दुधे सैनिक भवनमा भएको कार्यक्रममा किरात याक्थुम चुम्लुङका झापा जिल्ला अध्यक्ष सेसेहङ फियाक, चेम्जोङ वंशावाली उत्थान संघका महासचिव जितेन्द्र चेम्जोङ, शिव सतासी वडा नम्बर ७ का अध्यक्ष भवानी चेम्जोङ, झापा जिल्ला अध्यक्ष भुपु सैनिक संघ सभापति डम्बरसिङ आङ्देम्बे, समजसेवी तुला बोखिम समाजसेवी प्रेम सेर्मा, शिव मेन्यङ्बो, नायिका बिमला खजुम र फिल्मको निर्माता तथा युवा गायकसहित सामुहिक रुपमा चलचित्रको पहिलो तस्वीर सार्वजनिक गरिएको थियो । उक्त कार्यक्रमलाई किरात याक्थुम चुम्लुङका प्रदेश सचिव इक्साहङ चेम्जोङ्ले सन्चलन गरेका थिए ।

चलचित्र यहि भदौबाट प्रदर्शनमा आउने निर्देशक यलम्बर खम्बुले जानकारी दिए ।

पान्थर र ताप्लेजुङको विभिन्न रमणीय, ऐतिहासिक स्थलहरुमा छायांकन भएको चलचित्रमा सागर केरुङ, राजकुमार लिङ्देन, बबिता फोम्बो, कृष्णराज नेम्बाङ, सुक्मिता केरुङ, मानदेव जबेगु, निसाम तुम्बापो, यलम्बर खम्बू, रतन सिगु, नुनाम केरुङ, डिआर हाङ्सरुम्बा, आधार घिमिरे, भिमबहादुर तुम्बापो, कुमार ढकाल, चेतन घिमिरे, राजेन्द्रकुमार जबेगु, बर्षा खवास, सौभाग्य नेम्बाङ, दिनेश केरुङ, बुद्धराज लिम्बू, हिमा नेम्बाङ, माइकल तुम्बापो, सन्देश सुब्बा, बिबस तुम्रोक, डिबि खुदाङ, भीष्म खुदाङ, पबित्रा खुदाङ माबो, एलिसा खुदाङ, जयराम खुदाङ, सम्झना खुदाङ, शुक्र राई, राज कुमार इम्बुङ, मनि हाङ इम्बुङ, राम कुमार चाम्लिङ, मनाहाङ खेवाङ, लक्ष्मी माया बेघाखुदाङ, डिल्ली राम खुदाङ, धन बहानुर खुदाङ, बल बहादरु खुदाङ, जित बहादुर खुदाङ्ग लगायतले अभिनय गरेका छन् ।