November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अमर वान्तुको ‘आँखैको भाकैमा’ सार्वजनिक

2.2K

काठमाडौं । साहित्यकार तथा सामाजिक अभियन्ता अमर वान्तुको नयाँ गीत ‘आँखैको भाकैमा ’ सार्वजनिक भएको छ । वेदु सारु मगर र रीता केसीको स्वर, सन्तोष श्रेष्ठको सङ्गीत, राजु कार्कीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

एकेस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा प्रकाश मिश्रको ध्वनि सम्पादन रहेको छ । गीतको भिडियोलाई वीरेन्द्र भाट ‘विपिन’, वल्र्ड कभर मिडिया प्रा.लि.ले सम्पादन गरेको हो ।

गीतमा दाङमा भएका एतिहासिक र पर्यटकिय महत्वका स्थानहरूको चर्चा गरिएको छ ।

Advertisement

वान्तुका ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) सङ्ग्रह र ‘अमर भावना’ र ‘अमर भावना–२’ एल्बम पाठक÷श्रोता र दर्शकमाझ आएका छन् । उनका थुप्रै फुटकर गीत, कविता र गजल पनि सार्वजनिक छन् । ‘परिभाषाका राँटाहरू’ उनको पहिलो काव्यकृति हो । गीत लेखन तथा सामाजिक कार्यहरूमा आफूलाई सक्रिय बनाउँदै आएका वान्तुको ‘गर्मी भयो धरान’ लगायत थुप्रै गीत श्रोता÷दर्शकले अत्यधिक मन पराएका छन् । आफ्ना अन्य गीत जस्तै यो गीतले पनि सबैको माया पाउनेमा आफू आशावादी रहेको वान्तु बताउछन् ।