काठमाडौं । पुर्वेली लोकभाकाको गीत ‘कुसुमे रुमालको’ सार्वजनिक भएको छ । गीतमा कमला प्रधानको शब्द, मनोज साङ्सोन राईको संगीत÷संयोजन रहेको छ । यस्तै, गीतमा मनोज र मनमा बी राईको मिठो आवाज रहेको छ ।
स्टुडियो किङमा सुरेश राई र मनोज साङ्सोनद्धारा रेकर्ड गरिएको उक्त गीतको मिक्सिङ राजु कार्कीले गरेका छन् ।
सो गीतको स्टुडियो भिडियो स्टुडियो किङको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ । भिडियोलाई झस्केलो क्रियशनले छायांकन गरेको हो ।