November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

रनिल विक्रमासिङ्घेले श्रीलंकाको आठौं राष्ट्रपतिको रूपमा लिए सपथ

2.8K

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले आठौं राष्ट्रपतिको रूपमा सपथ लिएका छन् । विक्रमासिंघले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा बिहीबार पद तथा गोपनियताको सपथ लिएका हुन् । उनले विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष सपथ लिए ।

नयाँ राष्ट्रपति सपथ ग्रहण समारोहमा श्रीलंकाका प्रहरी प्रमुख र उच्च सैन्य अधिकारीहरू सरिक भएका थिए । राष्ट्रपति विक्रमासिंघे ६ पटक प्रधानमन्त्री बनेका हुन् ।

यसैबीच, संकट व्यवस्थापन गर्न श्रीलंकामा मिलिजुली सरकार गठनको प्रयास भइरहेको जनाइएको छ । विक्रमासिंघेले आफ्ना सहपाठी तथा पूर्वसार्वजनिक प्रशासन मन्त्री दिनेश गुणवर्देनालाई मिलिजुली सरकारमा प्रधानमन्त्री बन्न आमन्त्रित गर्ने अपेक्षा गरिएको छ ।

Advertisement