November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रदेश १ को नाम ‘लिम्बुवान, किरात’ कायम गर्न माग गर्दै आज विराटनगरमा बृहत् प्रदर्शन हुने

3.9K

धरान । प्रदेश नम्बर एकको नाम ‘लिम्बुवान, किरात’ प्रदेश कायम गर्न माग गर्दै बिहीबार (आज) विराटनगरमा बृहत् प्रदर्शन हुने भएको छ । ऐतिहासिकताका आधारमा उक्त नाम कायम गर्न मागसहित लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले जनप्रदर्शन गर्ने भएको हो ।

गत असार २४ गते राजधानी काठमाडौं र २६ गते इटहरीमा आयोजित पत्रकार सम्मेलनमा आन्दोलनका कार्यक्रमहरु घोषणा भएका थिए । जसअनुसार २७ गते, मुख्यमन्त्रीको कार्यालय, संसदीय दलका नेता, पार्टी प्रमुख, प्रदेश प्रमुख लगायतलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । त्यस्तै, असार २८, २९ र ३० गतेसम्म जिल्ला स्तरीय समिति गठन गरिएका छन् ।

जनप्रर्दशनमा पाँचांै हजारको सहभागीता रहने लिम्बुवान, किरात संयुक्त संघर्ष समितिका समन्वयकर्ता संस्था किरात याक्थुङ चुम्लुङ, लिम्बुवानका अध्यक्ष मधु केरुङले जनाए । उनले समितिमा आबद्ध ३२ वटा संगठनबाट प्रदर्शनमा सहभागिता जनाउन प्रदेश एकको मुकाम विराटनगरमा केन्द्रित भइसकेको बताए । ‘निर्णायक घडीमा सबैले साथ दिनुहोला । तन, मन र धनले हाम्रो आन्दोलनमा सहभागी भएर पहिचानसहितको प्रदेश निर्माण गर्न योगदान दिन हुन अपिल गर्दर्छौँ,’ उनले भने ।

Advertisement

किरात याक्थुुङ चुम्लुङकै नेतृत्वमा आजै संघीय राजधानी काठमाडौंको माइतीघर मण्डलामा समेत प्रदर्शनी हुने भएको छ ।मण्डलामा दिनको १ बजे प्रदर्शन गर्ने तयारी रहेको याक्थुङ लेखक संघ उपत्यका समितिका वरिष्ठ उपाध्यक्ष सुनिल आङ्बोले जानकारी दिए ।