November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतमा अवैध उत्खनन रोक्न पुगेका डीएसपीको टिपरले किचेर हत्या

3K

भारतको हरियाणास्थित पचगांवमा प्रहरीका डीएसपीको हत्या भएको छ । डिएसपी सुरेन्द्र सिंह बिश्नोईको टिपरले किचेर हत्या गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

मंगलबार दिउँसो १२ बजे पचगांव नजिक रहेको अरावली पहाडमा अवैध उत्खनन भइरहेको सूचना प्राप्त भएपछि एक ड्राइभर र प्रहरीलाई लिएर सो स्थानमा डिएसपी सुरेन्द्र सिंह छापा मार्न पुगेका थिए । त्यहाँ पुगेर उनले एउटा सन्दिग्ध टिपरलाई रोकेर आवश्यक कागजपत्र माग गरेका थिए । तर, टिपरका चालकले गाडी उनीमाथि चढाएका थिए । उनको घटनास्थलमा नै मृत्यु भयो ।

हरियाणा प्रहरीले ट्वीट गर्दै दोषीलाई कारबाही गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

Advertisement

सिंह १९९४ मा एएसआईका रूपमा प्रहरीमा भर्ती भएका थिए । उनी तावडूमा डीएसपी पदमा तैनाथ थिए । उनी चार महिनापछि रिटायर हुन लागेका थिए । मुख्यमन्त्री लाल खट्टरले सिंहलाई शहीदको दर्जा दिइने बताएका छन् । त्यस्तै, मृतकको परिवारलाई १ करोड भारुको आर्थिक सहायता र परिवारको एक सदस्यलाई सरकारी जागिर दिने पनि उनले घोषणा गरेका छन् ।