November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

संसदीय दलकाे नेतामा प्रचण्ड

2.1K

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहले संसदीय दलको नेतामा प्रचण्डलाई चयन गरेको छ। संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेतामा चयन गरेको हो।

बैठकले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएर प्रचण्डलाई चयन गरेको हो। सोही पक्षको मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्षबाट पनि ओलीलाई निष्काशन गरी माधव नेपाललाई अध्यक्षमा चयन गरेको थियो।

बैठकमा नेकपाका विघटित प्रतिनिधिसभाका बहुमत सदस्यहरु उपस्थित भएको बताइएको छ। उपस्थितहरुलाई सुरुमै हस्ताक्षर गराइएको थियो। सो पक्ष सूर्य चिह्न र नामका लागि यही हस्ताक्षर लिएर निर्वाचन आयोग गएका छन्।

Advertisement