November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

संसद विघटनको मुद्दा संवैधानिक इजलाशमा पठाइयो

2.2K

काठमाडौं- सर्वोच्च अदालतले संसद विघटन सम्बन्धी रिट निवेदनहरुलाई संवैधानिक इजलाशमा पठाउने निर्णय गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलाशले बुधबार विघटन सम्बन्धमा परेका एक दर्जन रिटहरुमाथि सुनुवाइ गर्दै शुक्रबार गठन हुने संवैधानिक इजलाशमा पठाउने आदेश गरेको गरेको हो।

यसअघि नै एक थान मुद्दा भने संवैधानिक इजलाशमा दर्ता भएको छ।

Advertisement

राणाले संसद विघटन सम्बन्धी विवाद गम्भीर संवैधानिक व्याख्याको भएको भन्दै संवैधानिक इजलाशमा पठाएका हुन्।