November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

ओली समूहमा मनोनीत केन्द्रीय सदस्यले गरे पद अस्वीकार

4.5K

विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपा केन्द्रीय कमिटीमा मनोनीत गरिएकाहरुले पद अस्वीकार गर्न थालेका छन्।

केन्द्रीय कमिटीमा मनोनीत भएका प्रदेश १ का मन्त्री र सांसदहरुले पद अस्वीकार गरेको घोषणा गरेका छन्।

प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले पार्टी विभाजनले जनता रोइरहेको भन्दै ओली समूहले दिएको केन्द्रीय सदस्य पदको अस्वीकार गरेकी छन्। यस्तै‚ प्रदेश १ का सांसद झापाका गोपाल बुढाथोकीले पनि ओली समूहको केन्द्रीय सदस्यको पद अस्वीकार गरेका छन्।

Advertisement

उनीहरु मात्रै नभएर उदयपुरको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले पनि केन्द्रीय सदस्य अस्वीकार गरेका छन्।

प्रदेश १ मा यसअघि माधवकुमार नेपाल निकट मानिने उषाकला राई भने ओली समूहको केन्द्रीय सदस्य बनेकी छन्।