काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को बागमती प्रदेश स्तरीय भेलाले राजाराम स्याङ्तानको अध्यक्षतामा ७५ सदस्यीय बागमती प्रदेश कमिटी गठन गरेको छ । शनिबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भएको भेलाले संविधानसभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य समेत रहनु भएका स्याङ्तानको अध्यक्षतामा प्रदेश समिति गठन गरेको हो ।
भेलाले समितिका उपाध्यक्षहरुमा कुवेरसिं लामा ,संचिता लामा,सचिव बिकल श्रेष्ठ,सहसचिव सूर्य घलान,राजकुमार लामा र कोषाध्यक्षमा देवराज डंगोल चयन भएका हुन् ।
नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा बागमती प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमा अर्जेन्टीनाकी कम्युनिस्ट विद्यार्थी संगठनकी नेता जेसिलालाई कार्यक्रममा स्वागत गर्दै सम्मान स्वरूप बुद्धको मुर्ति समेत हस्तान्तरण गरीएको थियो ।