काठमाडौं – आज संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ हुँदैछ ।
रिट दायर गर्नेहरुमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कन्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओली रिट दायर गरेका थिए।
ओलीले यही पुस ५ गते प्रतिनिधिसभा भंग गरी आगामी बैशाख १७र २७ गते मध्यावधि निर्वाचन गर्न गरेको सिफारिस राष्ट्रपतिले सोही दिन सदर गरेकी थिइन् ।
संसद विघटन असंवैधानिक भएको दाबीसहित राष्ट्रपति र प्रधानमन्त्रीसमेतलाई विपक्षी बनाइ सर्वोच्चमा एक दर्जन रिट दायर भएका छन् । ११ वटा रिटको पेशी आजलाई र संवैधानिक इजलासमा पठाइएको एउटा रिटको पेशी आगामी शुक्रबारलाई तोकिएको छ ।