काठमाडौं । आमावुबाप्रति समर्पित गीत ‘मर्ने बाटो’ बोलको गीतले दर्शकको मन जितिरहेको छ । राजशान्ति फाउण्डेशनले बजारमा ल्याएको यस गीतको शब्द राजशान्ति सुनारले लेखेका छन् ।
बिबि अनुरागीको संगीत, स्वर र संगीत संयोजन गरेको यसगीतले नेपालमा अवार्ड समेत जितेको थियो ।
लमजुङमा जन्मिएर बेलायतलाई कर्मथलो बनाएका राजकुमार सुनार र शान्ति सुनार ‘जसलाई मैले’ बोलको गीतबाट ‘नेशनल गण्डकी म्यूजिक अवार्ड–२०७८’ मा उत्कृष्ट गीतकारको रुपमा सम्मानीत भएका थिए ।