काठमाडौं । गायिका निशा रणपाल र गजलकार अमन एकलको आवाजमा ‘पानीसँगै असिना’ बोलको दोहोरी गीत बजारमा आएको छोटो समयमै दर्शक स्रोताले अत्याधिक मन पराएका छन् । युट्युबमा राखिएको चार दिनमै यो गीतलाई एक लाख ७० हजार भन्दा बढीले हेरेका छन् ।
सुमधुर आवाजकै कारण एकाएक चर्चामा आएकी गायिका निशा रणपाल र साहित्यका विविध विधामा कलम चलाउने कवि तथा गजलकार अमन एकल (राम कृष्ण पाण्डे)को स्वरमा उक्त लोक दोहोरी गीत सार्वजनिक भएको हो । अमन एकलको सार्बजजिक भएको यो पहिलो गीत हो ।
राम शरण पाण्डेको लयमा अमन एकल र केशव अधिकारीको शब्द रहेको सो गीत रसुवा र नुवाकोटलाई जोडेर सिर्जना गरिएको छ । गीतमा गाउँपाखाका मनोरम दृश्यलाई अत्यन्तै सुन्दर गरि देखाईएको छ ।
नारायण दङ्गलले एरेन्ज रहेको सो गीतमा रामशरण पाण्डे, अन्जु सुनार र केशव अधिकारी, निशा रणपाल र हरि प्रसाद न्यौपाने (सुगम), सुस्मिता तामाङको अभिनय देख्न सकिन्छ । गीतको भिडियो रसुवा, नुवाकोट र काठमाडौँको विभिन्न स्थानमा छायांकन गरिएको छ । दिनेश मुस्कानले छायांकन तथा निर्देशन गरेका छन् ।
मालाश्री स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतलाई खरो मिडियामार्फत सार्वजनिक गरिएको हो ।
गायक अमन एकल कुशल कवि एवम् गजलकार पनि हुन् । उनी सगरमाथा साहित्य प्रतिष्ठानका पूर्व उपाध्यक्ष समेत हुन् ।