November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

निगमको १० प्रस्ताव- जोरबिजोर प्रणालीदेखि सीमित इन्धन दिनेसम्म

2.4K

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गर्दै अर्थतन्त्रमा परेको समस्या कम गर्न १० प्रस्ताव पेश गरेको छ ।

१० बुँदे प्रस्तावमा बाइकलाई सीमित इन्धन दिनेदेखि गाडीमा जोर विजोर प्रणाली लागू गर्नेसम्मको कुरा उल्लेख भएको छ । निगमले तेलको खपत कम गर्नका लागि एक पटकमा मोटरसाइकललाई बढीमा ५ लिटर र कार तथा जिपलाई २० लिटरसम्म तेल वितरण गर्नेगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रस्ताव गरेको छ ।

निगमले सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनबाहेक सरकारी तथा निजी सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने प्रस्ताव गरेको छ । देशका प्रमुख सहरहरुमा प्रत्येक शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्ने पनि प्रस्ताव गरेको छ।

Advertisement

सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनबाहेक सरकारी तथा निजी सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्ने र देशका प्रमुख सहरहरुमा प्रत्येक शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्ने प्रस्ताव गरेको छ ।

खाना पकाउने एलपी ग्यासको खपत कम गर्न विद्युतीय चुलो सहुलियत दरमा बिक्री गर्ने र घरायसी प्रयोजनका लागि विद्युतीय शुल्क कम गर्ने र विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्न प्रमुख सहरहरु र राष्ट्रिय राजमार्गहरुमा निः शुल्क चार्जिङ्ग स्टेशन निर्माण गर्ने तथा सार्वजनिक र निजी पार्किङ्ग स्थलमा विद्युतीय सवारीका लागि अलग्गै निःशुल्क पार्किङ्ग स्थल तोकिदिने प्रस्ताव गरेको छ।

सरकारले पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ कर घटाउने मूल्य घटाएपछि निगम आर्थिक संकट तर्फ गएको हो । पूर्वाधार कर १० रुपैयाँ प्रतिलिटर घटाउने भनेर सरकारले भनेको थियो । तर कुनै प्रकारको कर पनि घटेको छैन ।

हालसम्म नै निगमले भारतलाई पेट्रोलियम पदार्थ किनेको ३० अर्बभन्दा धेरै भुक्तानी दिन बाँकी रहेको बताएको छ ।

यस्ता छन् निगमको १० प्रस्ताव

१. सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनहरू बाहेक सरकारी तथा निजी सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्ने ।

२. देशका प्रमुख सहरहरूमा प्रत्येक शनिवार गाडी रहित सार्वजनिक बिदाको घोषणा गर्ने ।

३. खाना पकाउने एल।पी। ग्यासको खपत कम गर्न विद्युतीय चुलो सहुलियत दरमा बिक्री गर्ने घरायसी प्रयोजनको लागि विद्युतीय शुल्क कम गर्ने ।

४. विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्न प्रमुख सहरहरू र राष्ट्रिय राजमार्गहरूमा निः शुल्क चार्जिङ्ग स्टेशन निर्माण गर्ने तथा सार्वजनिकरनिजी पार्किङ्ग स्थलमा विद्युतीय सवारीका लागि अलग्गै निः शुल्क पार्किङ्ग स्थल तोकिदिने ।

५. पेट्रोल पम्पहरूले मोटर साइकललाई एक–पटकमा ५ लिटर र कार तथा जीप लगायतका साना सवारी साधनलाई २० लिटर मात्र इन्धन बिक्री गर्ने ।

६. छोटो दुरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आव्हान गर्ने ।

७. ढुवानी कार्यमा प्रयोग हुने मालवाहक सवारी साधनहरू पूर्ण क्षमतामा चलाउने ।

८. मोटरसाइकल, कार, सरकारी सवारी साधन आदिमा सिट अनुरूप नै यात्रु रहने गरी सञ्चालन
गर्ने व्यवस्था मिलाउने ।

९. पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन लगायतका अन्य उपकरणहरूको आयात बन्द गर्ने ।

१०. ठूला उद्योग, परियोजना, होटेल आदिले डिजेल तथा एल।पी।ग्यासको खपत नगरी विद्युतको खपत गर्न आव्हान गर्ने