काठमाडौं । हालसम्म काठमाडौंमा थप ३ जनामा हैजा पुष्टि भएको छ । बोहोराटार, बुढानीलकण्ठ, डिल्लीबजार, सानेपा, बागबजार लगायतका ठाउँमा हैजाको जिवाणु भेटिएको पुष्टि भएको हो ।
चिकित्सकहरुका अनुसार हैजाबाट बच्न व्यक्तिगत सरसफाइ, खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्रै खाने तथा बासी खानेकुरा खानुहुँदैन ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको प्राविधिक टोलीको प्रारम्भिक अनुसन्धानले धारा तथा जारको पानी शुद्धीकरण नगरिकन प्रयोग गरिएको कारण हैजा देखिएको निष्कर्ष निकालेको थियो ।