दक्षिणी इरानमा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । शनिबार बिहान गएको भुकम्पमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । पछि सो क्षेत्रमा ६ दशमलव ३ रेक्टर स्केलका थप दुई शक्तिशाली भूकम्प गएको थियो ।
समाचार एजेन्सी रोयटर्सले अहिलेसम्म भूकम्पमा पाँच जनाको मृत्यु भएको र कम्तीमा १२ जनालाई अस्पतालमा भर्ना गरिएको उल्लेख गरेको छ । राहत र उद्धार कार्य सुरु गरिएको पनि जनाएकोे छ ।
सरकारी समाचार एजेन्सी आईआरएनएले त्यहाँ एक दर्जनभन्दा बढी परकम्प गएको र जसका कारण इरानको खाडी तट नजिकैको साइह खोश गाउँ पूर्ण रूपमा ध्वस्त भएको जनाएको छ ।